६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वडा सदस्य थापामगरको बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु


0
Shares

बुटवल । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा उपचारका लागि बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।

४४ वर्षीय थापालाई ७ दिनअघि कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्नुभएको थियो । तीन दिनअघिबाट स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा जानुभएका थापा बेड नपाएपछि घरमै अक्सिजन राखेर बस्नुभएको थियो ।

हिजो एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि अस्पतालमा उपचारका लागि क्रिमसन अस्पताल लगिएको थियो । त्यहाँ उपचारका लागि आईसीयू नपाएपछि भैरहवा लादै गर्दा उहाँको एम्बुलेन्समा नै मृत्यु भएको हो ।