
चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार २२६ नमूना परीक्षण गरिएकामा चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र त्रिपुरासुन्दरीमा ३ जना गरी ७० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो ।
चौतारा नगरपालिकाका मात्रै चौतारा १३, ठूलोसिरुवारीका ३३ र कुभिन्डेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या २ सय ६३ जना पुगेको छ । तीन जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्