१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा चढे, तोडे आफ्नै कीर्तिमान


0
Shares

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ ।

यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उहाँसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् ।

शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिनु भएको थियो ।

उहाँले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गर्नु भएको थियो । त्यसबाहेक उहाँले पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसक्नु भएको छ ।

उहाँले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाउनु भएको छ ।

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन्।