१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु


0
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।

पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन ।

कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो सँगै पर्वतमा कोरोनावाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।