१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदका १ सय ६० जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोभिड परीक्षणमा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा १ सय ६० जनामा संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।

तीन दिनमा गरिएको १२ सय ३५ जनाको पीसीआर परीक्षणमा १२ सय ३४ जनाको रिपोर्ट आएको सभामुखमका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद रहेको र बाँकी कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र पत्रकार रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । संसद सचिवालयले संक्रमण देखिएका सांसदलाई पनि विश्वासको मतमा मतदान गर्न दिने निर्णय गरेको छ । उनीहरूलाई छुट्टै स्थानमा राखिने छ ।