
काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । मन्दिरको शिलामा आज मध्यान्ह सवा १२ बजे लगातार पसिना आएको हो ।
मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।
शिलाको दाहिनेपट्टिको शिरमा पसिना आउँदा प्रजा अर्थात् जनतालाई अनिष्ट हुने किंवदन्ती रहेको छ । शिलाको बीचभागबाट पसिना आएकाले राज्य र नागरिक दुवैलाई उत्तिकै अनिष्टको संकेत देखिएको स्थानीयले बताएका छन् । शिलामा पसिना आएपछि राष्ट्राध्यक्षले क्षमा पूजा गर्ने चलन रहेको छ ।
यसअघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । कोरोना महामारीको समयमा मन्दिरको शिलामा पसिना आएपछि मन्दिर आसपासका स्थानीयहरू जम्मा भएर पूजा आराधना गरिरहेका छन् ।
मन्दिरको शिलामा पसिना आएपछि जिल्लास्थित सरकारी टोली पनि भीमेश्वरतर्फ गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्