१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए


0
Shares

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।