२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।

शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायले सरकार अघि बढेको बताउनुभयो ।

उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइ सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभयो ।

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना गरेको छ ।’