१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३७ प्रतिशत संक्रमित उपत्यकाकै, आज मात्रै ३१ सय १३ थपिए


0
Shares

kathmandu corona

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार १ सय १३ जनामा कोभिड संक्रमण देखिएको छ । यो संख्या देशभर पोजेटिभ देखिएका ८ हजार ४ सय १८ को लगभग ३७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार काठमाडौंमा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरका ३ सय ८१ जना संक्रमित थपिएका हुन् ।

अहिले देशभर ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेकोमा उपत्यकामा मात्रै ३५ हजार ६ सय ७८ जना छन् ।

सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

हाल संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ७५ जना छन् । ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला २२ वटा छन् भने २१ जिल्लामा २ सय भन्दा माथि सक्रिय संक्रमित छन् ।