१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोभिड संक्रमितलाई उद्योग वाणिज्य संघले निःशुल्क परामर्श दिने, भाइबर नम्बर सार्वजनिक


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ महामारीबाट आक्रान्त जनतालाई राहतको कार्यक्रम स्वरूप एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान सुरु गरेको छ ।

अभियानमा चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । कोभिड संक्रमित आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएका बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गरी सहयोग प्राप्त गर्न सक्नेछन् ।

परामर्शका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । यसबाट संक्रमितको चिन्ता कम गरी आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाको विश्वास छ ।