१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोभिड पुष्टि


13
Shares

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा थापामा कोभिड संक्रमण पुष्टि भएको हो ।

थापालाई यसअघि पहिलो लहरको कोभिड पनि पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको भने कोभिड परीक्षण नेगेटिभ देखिएको छ ।

दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।

Posted by Surya Thapa on Saturday, May 8, 2021