१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

भोलि दिउँसो बस्ने संसद बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार र श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत दिने घोषणा गर्नुभएको छ ।

सो बैठकका विषयमा परामर्श गर्नका लागि सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।

यसैबीच भोलीको बैठकमा कोरोना संक्रमित भएका सांसद र मन्त्रीहरुलाई कसरी उपस्थिति गराउने भन्ने बारेमा पनि कार्य व्यवस्था परामर्श समितिमा छलफल हुने छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले भोलीका बैठकमा सबै सांसदहरुको उपस्थिति अनिवार्य रहेको छ ।

केही दिनअघि संसद सचिवालयले गरेको पीसीआर परीक्षणका क्रममा २६ जना सांसद कोरोना संक्रमित भएको रिपोर्ट आएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी नेकपा एमालेका सांसदहरु रहेका छन् ।

त्यसैगरी पर्यटनमन्त्री भानुभक्त ढकाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि संक्रमित हुनुभएको छ ।