१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुपर लिग : आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै


0
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामखेल साँझ साढे ५ बजे हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

५ खेलबाट १० अंक जोडेको काठमाडौंले आजको खेलमा जितेमा शीर्ष स्थानमा रहँदै लिगचरण पुरा गर्नेछ भने ५ खेलमा २ बराबरी र ३ हार ब्यहोर्दै २ अंक जोडेको एफसी चितवन प्रतियोगितामा सान्त्वना जित निकाल्दै यो सिजन टुंग्याउने होडमा छ ।

प्लेअफका लागि चारैवटा टिमको टुंगो यसअघि नै लागिसकेको छ । यदि आजको खेलमा जित या बराबरीमात्र निकाले पनि काठमाडौं तालिकाको शीर्ष स्थानमा रहने छ भने पराजय व्यहोरे धनगढी शीर्षस्थानमा रहने छ ।