
अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा आजबाट दश बेडको एचडियु सञ्चालनमा आएको छ ।
जसमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाईसहित १० बेडको एचडियु सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।
जिल्ला अस्पतालमा कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरी उपचार गरेकोमा १९ जना निको भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ भने १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३० पुगेको छ ।
कोरोनाको द्रोस्रो लहर सुरु भएयता १४ जनाको संक्रमणबाट मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्