१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवालाई भेट्नासाथ ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो


0
Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।

देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

जसपा नेता ठाकुर र महत्तो प्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पुगेका हुन् । उहाँहरु पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक हुनुहुन्छ । भोलि प्र

धानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएको अघिल्लो दिन जसपा नेताहरुको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

सभापति देउवालाई जसपा नेताहरुले उपेन्द्र यादवको कुरामा नलाग्न भनेको भन्दै विश्वासको मतमा जसपा तटस्थ रहने बताएको स्रोतले जानकारी दिएको छ ।