
तस्विर : गुगल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जसपाका नेताहरुलाई ओलीले लिने विश्वासकाे मतका बारेमा तथस्ट रहन सुझाव दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि संसदमा लिने विश्वासको मत लिने विषयमा छलफल गर्न का लागि देउवालाई भेट्न गएका जसपका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई सो सुझाव दिनु भएको हो ।
त्यसैगगरि छलफलका क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी पनि देउवालाई दिनुभयो ।
बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको स्रोतले बताएको छ ।
जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्