
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।
आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता नलिएको बिषयमा असन्तुष्टी पोख्दै दुबै नेताहरुले आफुहरुको माग पुरा नभएसम्म विश्वासको मत दिन नसक्ने जनाएको हो ।
जेलमा रहेका आफना नेता कार्यकर्ताको रिहाइको सम्बन्धमा प्रधानमन्त्रीलाई प्रश्न राख्नुभएका नेताहरुको जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका जानकारी दिएको बुझिएको छ ।
यसअघि जसपाका नेताहरु ठाकुर र महतो काग्रस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्