२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमतीका जिल्लाहरुमा पीसीआर ल्याब


0
Shares

काठमाडौं । प्रदेश सरकारले बागमतीका जिल्लाहरुमा पीसीआर ल्याब स्थापना गर्ने भएको छ ।

कोभिड–१९ कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।

यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना गरिसकेकोछ । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ ।

मन्त्रालयको निर्णयसँगै प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लेखाजोख स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने बताईएको छ ।