१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइडबडी आज चीन जाने


0
Shares

काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज बेइजिङ प्रस्थान गर्दै छ ।

वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याउने निगमले जनाएको छ ।

सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाईएको छ ।

आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने विमान भोलि दिउँसो साढे २ बजे स्वदेश फर्कने कार्यतालिक रहेको छ ।