१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पाँचथर अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान


0
Shares

पाँचथर । पाँचथरका ब्यवसायीहरुले जिल्लाको अस्थायी कोभिड अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेका छन् ।

उद्योग वाणिज्य संघ पाँचथरको संयोजनमा व्यवसायीहरुको सहयोगमा अक्सिजन सिलिन्डर संकलन गरिएको हो ।

पछिल्लो समय जिल्लामा संक्रमण बढ्दै गएको र अक्सिजनको अभाव हुने देखिएपछि अक्सिजन सिलिन्डर सहयोग गरेको व्यवसायीहरुले जनाएका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अक्सिजन सिलिन्डर संकलन र हस्तान्तरण गरेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताउनुभयो ।