
सांकेतिक तस्विर
बागलुङ । बागलुङका १० वटै स्थानीय तहले पालिकामै अक्सिजनसहितको आइसोलेसनको पूर्वाधारको तयारी थालेका छन् ।
बागलुङ नगरपालिकाले पिसिआर, उपचार बेड, अक्सिजन, आइसोलेसन, एम्बुलेन्सलगायतका सेवाका लागि छुट्टा छुट्टै सम्पर्क टिम समेत बनाएको छ ।
संक्रमितको व्यवस्थापन र संक्रमण नियन्त्रणका लागि सबै पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र नागरिक सक्रिय बनेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।
धौलागिरी अस्पताल र बागलुङ नगरपालिकामा गरि १ सय वटा अक्सिजन सिलिण्डर छ । नगरपालिकासँगै बडिगाड गाउँपालिका, काठेखोला, गलकोट नगरपालिकालगायतका पालिकाहरुले पनि कोरोना रोकथाम र नियन्त्रको प्रयास थालेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्