३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


पार्टी फुटाएर आफू सामेल हुने बामदेव गौतमको धारणा


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सामेल हुने धारणा सार्वजनिक गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी ओलीसँग छलफलपछि उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक गौतमले दुई वटा धारणा स्पष्ट पार्नुभएको उहाँका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उपाध्यक्ष गौतमले अध्यक्ष ओलीसमक्ष २ जेठ २०७५ सम्मको मानेर अगाडी बढ्नुपर्छ भनि आग्रह गर्नुभएको थियो । तर अध्यक्ष ओलीले २ जेठ २०७५ भन्दा धेरै आफू अगाडी बढिसकेकोले त्यस्तो काम गर्न नसक्ने बताउनुभयो ।

जवाफमा गौतमले त्यसो भए आफू तपाईको साथमा छैन भन्नुभयो । यस्तै नेपाल–खनाल पक्षले जारी राखेको समानान्तर गतिविधि तथा कमिटी गठनमा आफ्नो आपत्ती नरहेको जनाउँदै उहाँले संसदको ४० प्रतिशतसहित वा त्यस बाहेकको अवस्थामा पार्टी विभाजनमा गए आफू उक्त पार्टीमा सहभागी हुने स्पष्ट पार्नुभएको छ ।