
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ ।
विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले काममा व्यस्त भएर केही सांसदसँग कुरा गर्न नपाएको बताउँदै संसदले विवेक प्रस्तुत गर्नेमा विश्वस्त रहेको बताउनुएको हो ।
‘मान्यज्यूहरूले हुन्न भने कसरी सही गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने गुनासो थियो होला, यदि त्यस्तो थियो भने छोडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको हो । मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन ।’
सदनको बलले आफू तीन वर्षभन्दा बढी प्रधानमन्त्री भएर रोष्टममा उभिएकाले सदनको विवकेमाथि पूर्ण रूपमा भरोसा गर्ने ओलीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्