
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारी घराना पोस्नका लागि प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै देउवाले सरकार व्यापारिक घरान पोस्न केन्द्रीत रहेको आरोप लगाउनुभयो । खोप खरिदमा कमिसनको विषयले जनताको स्वास्थ्यप्रति सरकार कति जिम्मेवार छ भन्ने अनुमान लगाउन सकिने उहाँको भनाइ छ ।
देउवाले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा रुचि नभएको ठहर गर्दै आफैँले भ्रष्टाचारका आरोपीहरूको पक्षपोषण गरेको आरोप लगाउनुभयो ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।
संवैधानिक परिषदसम्बन्धी संविधानले व्यवस्था गरेको कानुन र नियमलाई आफू अनुकुल परिमार्जन गरी सरकारले असंवैधानिक चरित्र देखाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्