७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बैतडीमा कोभिड संक्रमित वृद्धाको मृत्यु


0
Shares

बैतडी । जिल्ला अस्पतालमा उपचाररत कोभिड संक्रमति एक वृद्धाको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–५ की ६२ वर्षीया महिला रहेकी जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । वैशाख २३ गते अस्पताल भर्ना भएकी संक्रमित वृद्धाको अक्सिजनको सहयोगम उपचार भइरहेको थियो ।

अक्सिजनको सपोर्टमा उपचार भइरहे पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकोले सोमबार अस्पतालमै मृत्यु भएको हो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । योसँगै बैतडीमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।