१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनमोर्चा अनिर्णित बन्दा गण्डकी प्रदेश सरकार गठनमा अन्योल


0
Shares

पोखरा । गण्डकी प्रदेशमा जनमार्चा अनिर्णित बन्दा सरकार गठन हुन सकेको छैन ।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा दोस्रो दिनसम्म पनि जनमोर्चले निर्णय लिन सकेको छैन । नयाँ सरकार गठनका लागि निर्णायक ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रिय राजनीति हेरेर मंगलबार मात्र निर्णय दिने बताइएको छ ।

यसैबीच, जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गर्न आफ्नो पार्टीका सदस्यहरुलाई ह्वीप जारी गर्नुभएको छ । उता, जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाहीले मूख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङकै निरन्तरता चाहेको बुझिएको छ ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ ।