१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी हुन् ओलीलाई विश्वासको मत दिन संसदमा अनुपस्थित एमालेका २८ सांसद


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिन असफल हुनुभएको छ ।

आफ्नै पार्टीका सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपछि ओलीले विश्वासको मत नपाउनुभएको हो । उसो त पार्टीका सांसद उपस्थित भए पनि उहाँले विश्वासको मत पाउने सम्भावना न्यून थियो ।

आज भएको मतदानमा संसदमा उपस्थित २ सय ३२ जना सांसदमध्ये ९३ जनाले मात्र ओलीले पक्षमा मतदान गरे । बाँकी १५ जना तटस्थ बसे भने १ सय २४ जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । आजको संसद बैठकमा नेकपा एमालेबाट २८ जना सांसद अनुपस्थित रहेका थिए ।

एमालेका अनुपस्थित सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, गणेश पहाडी, जयकुमार राई रहेका छन् ।

यस्तै, यज्ञराज सुनुवार, नारायण खतिवडा, पवित्रा निरौला खरेल, भवानी खापुङ, दीपकप्रकाश भट्ट, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, झपट रावल, मेटमणि चौधरी, सरला यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन र लक्ष्मीकुमारी चौधरी पनि संसदमा उपस्थित हुनुभएको थिएन ।