१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना निकै खतरनाक


0
Shares

corona india record high death

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना भाइरस निकै खतरनाक साबित भएको निष्कर्ष निकालेको छ ।

डब्ल्युएचओका कोभिड १९ प्रमुख मारिया वेन केरखोवले भारतमा देखा परेको बी.१.६१७ भेरिएन्ट अत्यधिक संक्रामक भएको बताउँदै यसले बिश्वका अन्य राष्ट्रहरु पनि प्रभावित हुन सक्ने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।

गत बर्षको डिसेम्बरमा पहिलो पटक भारतमा पत्ता लागेको यो भेरिएन्ट यही बर्षको अक्टोबरसम्म फैलिसकेको केरखोवको भनाइ छ ।

यो भाइरस भारत हुँदै उसका छिमेकी लगाएका अन्य राष्ट्रहरुमा फैलिसकेको दाबी गर्दै यसले हजारौंको ज्यान लिन सक्ने चेतावनी डब्ल्युएचओको छ ।

साथै केरखोवले विश्वका कयौं राष्ट्रहरुले भारतको उडानमा रोक लगाइसकेको अवस्थामा अन्य राष्ट्रहरुले पनि सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यसैबीच डब्ल्युएचओका प्रमुख टेड्रोस गेब्रेयासिसले डब्ल्युएचओले टुगेदर फर इन्डिया अभियान शुरु गर्ने जानकारी दिदैं भारतका लागि अक्सिजन, औषधि लगाएत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने तयारीमा रहेको बताउनुभएको छ ।

यसका लागि कोष खडा गर्ने तयारीमा रहेको टेड्रोसको भनाइ छ । भारतमा कोरानो भाइरसको संक्रमितको संख्या दैनिक ४ लाखको हाराहारीमा पुगेको छ ।