१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पाका ठूला होटलहरुलाई आइसोलेसन बनाइयो


0
Shares

पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ ।

सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो ।

संक्रमतिको संख्या बढ्दै गएर अस्पतालहरु चाप बढेको र होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि धेरै भएकाले होटलहरुलाई आईसोलेसन बनाउनु परेको पाल्पा होटल तथा रेष्टुरेष्ट व्यबसायी समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।

आईसोलेसन संचालन गरिएका होटलमहरुमा ३ सय बेड रहेको र आवश्यकता अनुसार अन्य होटलहरु थप्दै जाने संघले जनाएको छ ।

गत वर्ष संक्रमितहरुलाई स्थानीय सरकारले वडा तथा विद्यालयमा क्वारेन्टिन निर्माण गरी व्यबस्थापन गरेका थिए ।