
तस्विर फाइल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।
मंगलबार दिउँसो १ बजे बूढानीलकण्ठमा देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र सरकार गठनका विषयामा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समय दिनुभएको छ ।
कांग्रेस पदाधिकारी बैठकपछि आज नै कांग्रेसले अन्य दलसँग पनि सरकार गठनका विषयमा छलफल गर्दैछ । कांग्रेसले आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठनको पहल सुरु गरेको छ ।
यसअघि बोलाइएको माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल, झलनाथ खनालसहितको बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्