१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२४ घण्टामा कोरोनाबाट गण्डकीमा ११ को मृत्यु


0
Shares

बागलुङ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमणबाट म्याग्दीको बेनी नगरपालिका ९ की ५२ वर्षीया महिला, कास्कीको पोखरा महानगर पालिका १७ का ८४ वर्षीय पुरुष, वडा नम्बर १६ की ६० वर्षीया महिला, वडा नम्बर ६ का ५२ वर्षीय पुरुष, वडा नम्बर २१ का ८० वर्षीय पुरुष, वडा नम्बर ६ की ३२ वर्षीया महिला, वडा नम्बर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँको व्यास नगरपालिका १ की ५७ वर्षीया महिला, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका ११ की ५५ वर्षीया महिला र रुपन्देही जिल्लाकै सैनामैना नगरपालिका १ का ४० वर्षीय पुरुष मृत्यु भएको बताइएको छ ।

मृत्यु भएका सबैको पोखरा स्थित विभिन्न अस्पताल तथा गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा मृत्यु भएको निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गरएको छ ।

यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।