
बाँके । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरका विद्यार्थीको कोभिड–१९ बाट मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिकाका २१ वर्षीय युवकको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले १७ गते कोरोना पोजेटिभ देखिएको र २५ वैशाखमा भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएको जानकारी दिनुभयो ।
गएको २४ घण्टामा मात्र भेरी अस्पतालमा ५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना गरी बर्दियामा ६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्