१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालीमाटीमा ३० गतेदेखि खुद्रा व्यापार बन्द, बजारभित्र साइकलसमेत लैजान राेक


0
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबारदेखि खुद्रा व्यापार बन्द गरिने भएको छ ।

कोभिड–१९ को संक्रमण बढेसँगै बजार विकास समितिले मंगलबार एक सूचना निकालेर खुद्रा बजार ३० गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, समितिले कृषक बजार २८ गतेदेखि र खुद्रा कारोबार २९ गतेदेखि लागू हुने गरी बन्द गर्ने, थोक बजारमा प्याकेजिङ गरेर मात्रै विक्री वितरण गर्नुपर्ने, एउटा थोक पसलमा अधिकतम २ जना मात्र बसेर साामाजिक दूरी कायम गरी कारोबार गर्नुपर्ने जनाएको छ ।

सूचनामा बजार परिसरभित्र मोटरसाइकल, साइकल, तथा ठेला प्रवेशमा रोक लगाउनुका साथै ठूला कृषकहरूले स्वास्थ्य मापदण्ड अपनाएर अक्सन यार्डमा अक्सन कारोबार गर्न सक्ने समितिका कार्यकारी निर्देशन विनोदकुमार भट्टराईले जानकारी दिनुभयो ।