
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षा आवेदन फारम, रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ ।
मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो ।
कोभिडको महामारीमा परीक्षा गर्न र फारम भर्न सक्ने अवस्था नरहेको भन्दै परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचनामार्फत जानकारी गराउनुभएको हो । अहिले विश्वविद्यालयका पठनपाठन अनलाइनको माध्यमबाट भइरहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्