
काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले बताउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उहाँले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने बताउनुभएको हो । तीन हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने बताउँदै डा. पाण्डेले यो अवधि दुःख सहेर भए पनि घरभित्र नै बस्न उहाँको सुझाव दिनुभयो ।
यसैगरी, डा. पाण्डेले जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । उहाँले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गर्नुभयो ।
उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गर्नुभएको छ । कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो तीन हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्