
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो ।
ढोरपाटन नगरपालिका ४ की ६६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
६६ वर्षीया महिलाको मंगलबार बिहान साढे दश बजे मृत्यु भएपनि उनको पिसिआर रिपोर्ट साँझ मात्रै आएको घिमिरेले बताउनुभयो ।
बागलुङका ७७ वर्षीय पुरुष २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
६६ वर्षीया महिलामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र श्सप्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट ल्याएर सोमबार धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्