
एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।
यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो ।
दोस्रो स्थानको युनाईटेड भन्दा १० अंक माथि रहेको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । युनाईटेडको ७० अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्