१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवा र नेपालबीच भेटवार्ता, ओलीलाई सत्ताच्युत गर्न जे पनि गर्न तयार रहेको भनाइ


0
Shares

congress sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेको माधव नेपाल पक्षबीच वार्ता भएको छ ।

हिजो साँझ देउवा निवास बुढानिलकण्ठमा भएको वार्तामा नेपालले नयाँ सरकार गठनका लागि आफुले सहयोग गर्ने बताउनुभएको छ ।

वैकल्पिक सरकार गठनका लागि प्रक्रिया अगाडी बढाएमा कांग्रेसलाई सहयोग गर्न सकिने नेपालले आश्वसन दिनुभएको छ ।

देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताउनुभएको छ ।

उहाँले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।

स्रोतका अुनसार नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसदको राजीनामा चाहिने हो आफूहरू त्यसका लागि तयार रहेको बताउनुभएको छ ।

त्यसअघि नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन ।

नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई लगायतले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको बताएका थिए ।