१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झलनाथ–माधवलार्ई गाली गरेर ओलीले एमाले सिध्याउन लागेः भुषाल


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गर्न लागेको आरोप लगाउनु भएको छ ।

नेकपा विभाजन हुँदा प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको र अहिले झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजन गर्न लागेको भुषालले आरोप लगाउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भुषालले भन्नुभयो, `हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।`

भुषालले विघटित प्रतिनिधिसभा पुनस्थापना हुँदा असफल भएका शक्तिहरुले चुनावको नामम फेरि प्रतिनिधिसभा विघटन गरेर बदला लिन कस्सिएको दावी गर्नुभयो ।

`आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन`, उहाँले लेख्नु भएको छ ।

https://www.facebook.com/bhusalmanigram/posts/5691705407521225