
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ ।
थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अैरावती गाँउपालिका २ घर भई र हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर बुढा मगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।
बिहीबार बिहान अन्दाजी २ बजेको समयमा पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिंदा ३६ बर्षिय प्रहरी हवल्दार बुढा मगरको मृत्यु भएको छ ।
उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्