१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै


0
Shares

congress meeting

काठमाडौं । नयाँ सरकार गठनको लागि बहुमत पु¥याउन अन्तिम कसरतमा रहेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि लिएको समयसिमा सकिँदै लाग्दा बहुमत जुटाउन कसरत गरिरहनुभएका कांग्रेस सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको हो ।

नयाँ सरकार गठनको विपक्षमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको छलफलपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

बैठक अपरान्ह ४ बजे देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।