१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रेस युनियनद्वारा स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले इमेज प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीलाई कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार शाखाका कोषाध्यक्ष निरश तामाङले प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई माक्स र सेनिटाइजर हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष तामाङले वर्तमान जटिल परिस्थितिमा श्रमजिवी पत्रकार तथा कर्मचारीलाई सहयोगको प्रयास आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष खनालले स्वास्थ्य सामग्रीले श्रमजिवी पत्रकार कर्मचारीलाई कर्ममा खटिन थप सेवा पुग्ने बताउँदै प्रेस युनियन काठमाडौं शाखालाई धन्यवाद दिनुभयो ।

कोरोना संक्रमणको पहिलो लहरमा पनि प्रेस युनियन काठमाडौं शाखाले माक्स, सेनिटाइजर र फिल्डमा खटिएका पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरेको थियो ।