
काठमाडौं । नेपालको जेठो अस्पताल वीर अस्पतालमा समय–समयमा अक्सिजनको आपूर्तिमा समस्या आउन थालेको छ ।
कोभिड डेडिकेटेट उपचार केन्द्रको रूपमा रहेको अस्पतालमा अक्सिजनको आपूर्तिमा अवरोध हुँदा बिरामीहरूको ज्यान जोखिममा परेको बिरामीका आफन्तले बताएका छन् । अस्पतालमा बिहीबार दिउँसो पनि अक्सिजन आपूर्तिमा समस्या देखिएको थियो ।
स्वास्थ्यकर्मीले समेत अस्पतालको अक्सिजनमा भर नपर्न र बिरामीले आफैँले अक्सिजनको जोहो गर्न भन्दै आएको छ । अहिले बिरामीका आफन्तले बाहिरबाटै अक्सिजनको व्यवस्था गरिरहेका छन् ।
वीरको ट्रमा सेन्टरमा समेत अक्सिजनको अभावले बिरामीहरू जोखिममा परेको छ । निर्देशक सन्तोष पौडेलले सेन्टरमा रहेका १ सय ५ जना बिरामीलाई अक्सिजन अभाव हुन थालेको भन्दै सामाजिक सञ्जालमार्फत नै जोहो गरिदिन अनुरोध गर्नुभएको थियो ।

सरकारले ५ सय वेड भएको वीरको नयाँ भवनमा कोभिड उपचार गर्ने भन पनि अहिलेसम्म सेवा सुचारू गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्