१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर गर्ने सम्झौता


0
Shares

काठमाडौं । नेपालका दुई ठूला बाणिज्य बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको छ ।

राजधानीमा बिहीबार दिउँसो भएको एक कार्यक्रममा दुबै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

मर्जरपछि बन्ने बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहने र हिमालयन बैंकका अशोक राणा चाहीँ प्रमुख कार्यकारी अधिकृत बन्ने गरी मर्जर सम्झौतामा उल्लेख छ । इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाँडे भने मर्जरपछि डेपुटी सीइओ रहने जनाइएको छ ।

मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड बढी हुने छ । चुक्ता पुँजीको आधारमा उक्त बैंक नेपालमा सबैभन्दा ठूलो बन्ने छ । त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ माथि पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ ।

एकीकृत बैंकसँग १९ अर्ब ७४ करोड रुपैयाँको रिजर्भ रहने छ । दुवै बैंकका गरी २ हजार ५ सय कर्मचारी रहने छन् भने कुल शाखा संख्या १ सय ५२ हुने छन् । एकीकृत बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’ रहने जनाइएको छ ।

मर्जका क्रममा दुवै बैंकले कर्मचारीका लागि स्वेछिक अवकासको योजना ल्याउने भएका छन् ।