
काठमाडौं । संघीय संसदका पदाधिकारी र कर्मचारीलाई भोलिदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।
संसद सचिवालयले सूचना निकालेर प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई भोलिदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने जानकारी गराएको हो । दोस्रो डोज जेठ २ गतेसम्म लगाइने छ ।
संसदका पदाधिकारी, सांसद र कर्मचारीहरूलाई फागुनमा कोभिसिल्डको पहिलो डोज खोप लगाइएको थियो ।
पहिलो चरणको कोभिसिल्ड खोप लगाइ आठ हप्ता पुगिसकेकाहरूलाई भोलि देखि खोप लगाउने लागिएको हो । यसअघि पहिलो र दोस्रो प्राथमिकतमाा परेका स्वास्थ्यकर्मी, शव व्यवस्थापक, सरसफाइ कर्मचारी, पत्रकार, कुटनीतिकज्ञ लगायतले दोस्रो चरणको खोप लगाइसकेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।

प्रतिक्रिया दिनुहोस्