१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फ्लेक्स प्रिन्टमा काम गर्नेको प्रेस पास, युवक पक्राउ


0
Shares

चितवन । निषेधाज्ञामा प्रेस पासको दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गैँडाकोट नगरपालिका–५ बस्ने २२ वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले बिहीबार दिउँसो १२ बजे भरतपुर–३ पुल्चोकमा खटिएको प्रहरी टोलीले जाँचको क्रममा प्रेस रिपोर्टर हुँ भन्दै परिचय पत्र देखाएका थिए ।

परिचय पत्रमा ‘प्रेस रिपोर्टर’ देखेपछि प्रहरीले निगरानी बढाएको थियो । शंका लागि थप सोधपुछ गर्दा आफू कुनै प्रेसको रिपोर्टर नभएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

उनको साथबाट प्रेसको कार्ड बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।