
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
देशमा कोरोना भाइरस महामारीले विकराल रुप लिईरहेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउन राष्ट्रपति भण्डारीले आव्हान गर्नु भएको हाे ।
मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान अर्थात इद–उल–फित्र आज हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर या पर्व मनाईन्छ ।
एक महिनाको कठोर उपवासपछि आजको दिन अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो ।
मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्