१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ


0
Shares

सर्लाही । सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका -१३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख २५ गते साँझ बरहथवा नगरपालिका -३ भगवतीपुरको भित्री सडक खण्ड हुदै सहिदपुर तर्फ जादै गरेका वडा अध्यक्ष यादवले चलाएको बिआर. ३० एस ९२४५ नम्वरको मोटरसाईकलले सोही ठाउँका ४ वर्षिय बालक आदित्य महतोलाइ ठक्कर दिएको थियो ।

मोटरसाईकलको टक्करबाट गम्भिर घाईते भएका बालकको उपचारकै क्रममा मृत्यु भएको थियो ।

बालकको मृत्यु पछि फरार रहेका वडा अध्यक्ष यादवलाई बैशाख ३० गते दिउँसो प्रहरीले पक्राउ गरेको हो ।