७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


म्याग्दीका ३ हजार भन्दा बढी जनता कृषिबाट आत्मनिर्भर


0
Shares

म्याग्दी । नेपालमा अझैपनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् ।

चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा, मालिका, मंगला, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँहरुका ३ हजारभन्दा बढी जनता फसल उत्पादन र व्यवसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका हुन् ।

लाहुरेहरुको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकहरुको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।