
विराज रोस्यारा
कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित हौसलपुर गाउँका स्थानियहरु भारतको निर्भरमा रहेका छन् ।
२८ घरधुरी रहेको हौसलपुरबासीको पहुँच नेपालमा भन्दा भारतमा बढी रहेको छ ।
कैलाली गाउँपालिकास्थित मोहना नदी पारी एक गाउँ हो हौसलपुर । यो गाउँ भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ ।
नेपालको करिब ४०/५० हेक्टर क्षेत्रफलमा रहेको यो कुनाको बस्ती वर्षौंदेखि गुमनामजस्तै छ ।
यहाँ बस्ने २८ घरपरिवार थारुको नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै जोडिएको छ ।
अझ भन्नु पर्दा, नेपाली नागरिकता बनाउनका लागि मात्रै जिल्ला सदरमुकाम धनगढी पुग्छन् ।
भारतीय बस्तीसँग ऐँचोपैँचोको सम्बन्ध जोडिएको छ । उनीहरूको गाउँदेखि सहरको सम्बन्ध भारत नै हो ।
त्यसैले उनीहरूले चलाउने सवारी साधनदेखि खेत जोत्ने ट्याक्टरसम्म भारतीय नम्बर प्लेटका छन् ।
उब्जेको अनाज बिक्री र दैनिक उपभोग्य वस्तुको किनमेल पनि भारतीय बजारमै हुन्छ ।
सबै कामका लागी भारतकै निर्भर रहेका उनीहरु नेपाल सरकारको उपस्थिती संगै नदीमा पुल र पक्की सडक बनिदिए नेपाल प्रतिको माया बढ्ने बताउँछन् ।
बिगतमा सरकारी निकायको कुनै उपस्थिती नभएको हौसलपुरमा स्थानीय तहमा जनप्रतिनिधी आइसकेपछि केही बिकासका काम शुरु भएका छन् ।
केही मसहनाअघि मात्रै हौसलपुर गाउँमा बत्ति बलेको छ । यस्तै स्थानीय तहबाट उपलब्ध हुने सेवामा उनीहरुको पहुँच बढाइरहेको कैलारी गाउँपालिका ७ का ओडा अध्यक्षय कमल प्रशाद चौधरी बताउनुहुन्छ ।
बषौँ अघी कमैया रहेका थारु समुदाय सो गाउँमा गएर बसेको जनाइन्छ । बिगतबाटै भारतीयझैँ बसेका हौसलपुरबासीले स्थानीय तह आइसकेपछि नेपाली भएको अनुभुती गरिरहेपनि अन्य बिकासका काम सबै शुन्य जस्तै छन् ।
यस कारण नदीमा पुलको काम चाँडो शुरु गर्नुका साथै उनीहरुको ब्यक्तित्व बिकासमा पनि तीनै तहका सरकारको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्